सेयर बजार दाहोरो अंकले बढ्यो, कारोबार रकम भने दयनिय स्थितीमा

Advertisement

काठमाडौं । लगातार गिरावट आएको सेयर बजारमा आज साताको दोस्रो दिन सोमबार भने दोहोरो अंकको सुधार आएको छ । आज सेयर बजार परिसुचक नेप्से दश दशमलव ४२ अंकले बढेर एक हजार १३५ दशमलव ५६ कायम भयो भने कारोबार रकम १६ करोड ८८ लाख रुपियाँ बराबरमा सीमित रह्यो ।

आज धेरै कारोबार गर्नेमा सनराइज बैंक अगाडी रहेको छ । जसको कारोबार दुई करोड १३ लाख बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा प्रभु बैंक अगाडी रहेको छ । जसको कारोबार एक करोड ३१ लाख रुपियाँ बराबरको भएको छ ।

त्यस्तै, आज अन्य सामूहको सुचकमाबाहेक बाँकी सबै समूहको सूचकमा सुधार आएको छ । अन्य समूहको सुचकमा एक प्रतिशतभन्दा बढीले गिरावट आएर रातो भएको देखिन्छ भने बाँकी सबै समूहका सुचकमा ० देखि दुई प्रतिशतसम्मको सुधारले हरियाली भएको देखिन्छ ।

आज धेरै नाफा गर्नेमा युनियन हाइड्रो कम्पनीका लगानीकर्ता अगाडि छन् । कम्पनीमा तीन अंकको सुधार भएको पाइन्छ । त्यसैगरी, धेरै घाटा खानेमा माउण्टेन हाइड्रो कम्पनीका लगानीकर्ता रहेका छन् । कम्पनी तीन अंकले घाटामा गएको छ ।

Advertisement

Advertisement

Advertisement