१५ हजार घुसले नेपाल प्रहरीका सईको जागिर चट, रंगेहात पक्रियो अख्तियारले

Advertisement

काठमाडौं । नेपाल प्रहरीका सई खिम बहादुर जीसी १५ हजार रुपैंया घुससहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रुपन्देहीको मंगलपुरबाट रंगेहात पक्राउ परेको हो । उनले बीमा रकम सिफारिस गर्ने क्रममा घुस मागेका थिए । सोही सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो ।

उनलाई आफ्नै कार्यालयबाट आयोगको टोलीले पक्राउ गरेको हो । उनलाई पक्राउ गरि थप अनुसन्धान गरिरहेको आयोगका प्रवक्ता प्रदिप कुमार कोइरालाले बताए ।

Advertisement

Advertisement

Advertisement