ग्लोबल आईएमई बैंकको सेयरधनीलाई २५.५० प्रतिशत लाभांश दिने घोषणा

Advertisement

काठमाडौं । ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्ष २०७५।०७६ को मुनाफाबाट सेयरधनीलाई २५.५० प्रतिशत लाभांश घोषणा गरेको छ। बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५।०७६ को नाफाबाट १२.५ प्रतिशत बोनस र १२.५ प्रतिशत नगद गरी कुल २५.५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी १३ औं वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र सेयरधनीले पाउनेछन्।

अघिल्लो आर्थिक वर्ष २०७४।०७५ मा बैंकल १६ प्रतिशत बोनस सेयर मात्र वितरण गरेको थियो। ग्लोबलले नेपाल राष्ट्र बैंकबाट जनता बैंकलाई प्राप्ती गर्ने सैद्धान्तिक स्वीकृति समेत पाइसकेको छ। राष्ट्र बैंक सञ्चालक समितिको असोज २ गतेको बैठकले ग्लोबल आइएमई र जनता बैंकबीच मर्जरको सम्झौतालाई सैद्दान्तिक स्वीकृति दिँदै तीन महिनाभित्र एकीकृत कारोबार सुरु गर्न निर्देशन दिएको हो।

बैंकले १ अर्ब २८ करोड ८८ लाख १४ हजार रुपियाँ बराबरको बोनस वितरण गर्नेछ । त्यस्तै, सोही बराबरको रकम नगद बाँड्नेछ । अघिल्लो वर्ष बैंकले १६५ बोनस सेयर वितरण गरेको थियो । तर, अहिले बढाएर २५ प्रतिशत लाभांश सेयरधनीलाई दिने घोषणा गरेको छ ।

हाल ग्लोबलको चुक्ता पुँजी १० अर्ब ३१ करोड ५ लाख १५ रुपियाँ छ । बोनस सेयरपछि भने पुँजी ११ अर्ब ५९ करोड ९३ लाख रुपियाँ पुग्नेछ । ग्लोबलले जनता बैंकलाई एक सय बराबर ८५ सेयर दिने सहमति प्रारम्भिक सहमति छ भने वास्तविक स्वाप रेसियो भने दुबै बैंकको सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदन पछि कायम हुने सहमति छ।

Advertisement

Advertisement

Advertisement