क्रिष्टल कञ्चनजंघा सेक्यूरिटीजले ग्राहकका लागि मार्जिन कारोवार सुविधा संचालनमा ल्याउने

Advertisement

काठमाडौं । क्रिष्टल कञ्चनजंघा सेक्यूरिटीज प्रालिले आफ्ना ग्राहाकका लागि मार्जिन कारोवार सुविधा संचालनमा ल्याउने निर्णय गरेको छ । यसका लागि कम्पनीको संचालक समितिको असोज ६ गते बसेको बैठकले मार्जिन कारोबार सुविधा संचालन सम्बन्धि आन्तरीक कार्यविधि २०७६ पारीत गरेको छ ।

यस कम्पनीलाई मार्जिन कारोबारका लागि नेपाल राष्ट्र बैंकले २०७५ साल चैत्र १४ गते अनुमती प्रदान गरेको थियो । कम्पनीले नेपाल स्टक एक्सचेञ्ज(नेप्से)बाट भने उक्त कारोबार संचालनको लागि २०७६ साल असार १२ गते अनुमति पाएको हो । नेपाल धितोपत्रबोर्ड बाट सिडिएस एण्ड क्लियरिङ्गको धितोपत्र केन्द्रिय निक्षेप सेवा विनियमावली, २०७६ (पाचौ संशोधन २०७६) संशोधनभई मिति २०७६ असोज १ बाट लागु भएपश्चात यो सेवा संचालनमा ल्याउने बाटो खुलेको हो ।

कम्पनीले यो सुविधा संचालनमा ल्याएपछि ग्राहाकले यस कम्पनीमार्फत तोकिएका धितोपत्रहरुको मार्जिन राखेर सेयर खरिद गर्न सक्नेछन् । प्रचलितकानूनको अधिनमा रहि नेपाल धितोपत्र बोर्डको निति निर्देशन र नेप्सेको ‘मार्जिन कारोवार सुविधा सम्बन्धिकार्यबिधि २०७५’ को परिधि भित्र रहेर कम्पनीले आफ्ना ग्राहाकका लागि यो सेवा प्रदान गर्नेछ ।

धितोपत्रको दोस्रो बजारलाई गतिशिल बनाउन धितोपत्र दलाल ब्यवसायीको कार्य क्षेत्र विस्तार गरि मार्जिन कारोबार सुविधा संचालनको लागि नीतिगत ब्यवस्था गर्ने नेपाल धितोपत्र बोर्ड र अनुमती प्रदान गर्ने नेपाल राष्ट्र बैंक तथा नेपाल स्टक एक्सचेञ्जलाई कम्पनी विषेश धन्यवाद प्रकट गर्दछ । मार्जिन कारोबार सम्बन्धि ब्यवस्था नेपालको पूँजी बजारको विकासका लागि महत्वपूर्ण भएको कम्पनीको ठम्याई छ ।

Advertisement

Advertisement

Advertisement