जनरल इन्स्योरेन्स कम्पनीले ३० करोडको आईपीओ जारी गर्ने, बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

Advertisement

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालले ३० करोड रुपैंयाको आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रति कित्ता एक सय रुपैंया मूल्य अंकित ३० लाख कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ ।

सो सम्बन्धी समझदारी पत्रमा जनरल इन्स्योरेन्स कम्पनीको तर्फबाट महाप्रबन्धक एस.के.टमोट र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरेका हुन् । जनरल इन्स्योरेन्स कम्पनीको अधिकृत पूँजी २ अर्व, जारी पूँजी १ अर्व र चुक्ता पूँजी ७० करोड रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्व हुनेछ ।

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत २०६४/०८/१० मा पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको थियो । २०७४/१०/२४ गते बीमा समितिबाट निर्जीवन बीमा कारोबार गर्न इजाजतपत्र प्राप्त गरेको यस कम्पनीले २०७४÷०३÷०६ गतेदेखि आफ्नो बीमा सम्बन्धी कारोवारको शुुभारम्भ गरेको हो ।

कम्पनीले कारोवार शुरु गरेको छोटो अवधिमै नेपालका मुख्य शहरहरु काठमाण्डौ उपत्यका बाहिर बिर्तामोड, दमक, इटहरी, धरान, बिराटनगर, बनेपा, हेटौडा, नारायणगढ, चरीकोट, लाहान, जनकपुर, हरिओन, बिरगंज, बर्दिबास, पोखरा, बाग्लुङ्ग, कावशोती, बुटवल, भैरहवा, घोराही, नेपालगंज, धनगढी, टीकापुर, महेन्द्रनगर, बट्टार, वालिङ, मणिग्रम, फसाििटकर, भुमहीमा काठमाण्डौ उपत्यका भित्र कालिमाटि, महाराजगंज चावहील, न्यूरोड, नयाँबानेश्वर, बालाजु, जावलाखेल, भक्तपुर गरि जम्मा ३७ वटा शाखा कार्यालय र १० तेश्रोपक्ष बीमा काउण्टर मार्फत् बीमा सेवा प्रदान गरि रहेकोछ ।

Advertisement

Advertisement

Advertisement