'ह्विस्की पारखीहरुको जिब्रोमा भिजेका सबै उत्पादन हाम्रै हुन'

Advertisement

कमल सिटौला, कर्पाेरेट जनरल मेनेजर, नेपाल लिक्वर्स प्राली
नेपाल लिक्वर्स प्राली नेपालमा ह्विस्की उत्पादनका लागि प्रसिद्ध नाम हो । हामी सुपर प्रिमियममा एन्टिक्वीटी ब्ल्यु, सिग्नेचर रेड, सिग्नेचर(नर्मल), म्याकड्वेल्स र ब्ल्यु रिबाइण्ड जीन उत्पादन गरिरहेका छौं । यी नेपालमै उत्पादन भैरहेका छन् । ह्विस्की पारखी नेपालीहरुको सर्वाधिक रोजाईमा परेका छन् ।

यी उत्पादनहरु युनाइटेड स्पीरिट्स इण्डिया मार्फत हामीले नेपालमा उद्योग स्थापना गरेर उत्पादन गरिरहेका छौं । बिराटनगरमा हाम्रो उद्योग छ । त्यहि उत्पादन गरेर देशभर बेच्छौं । ७७ वटै जिल्लामा हाम्रा उत्पादन पाइन्छन् । हाम्रो उद्योगबाट एक सय जना भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

हामी गुणस्तरमा सम्झौता गर्दैनौं । गुणस्तरिय उत्पादन हाम्रो पहिलो उदेश्य हो । कसैले पनि गुणस्तरमा प्रश्न गर्न सक्ने अवस्था छैन् । सरकारले तोकेको ह्विस्कीको मापदण्ड पुरा गरेका छौं । हाम्रो प्यरेन्ट कम्पनीका आफ्नै मापदण्ड हुन्छन् । त्यसलाई पनि पुरा गर्नै पर्छ ।

दशैंमा बेच्ने भन्दा पनि ब्राण्डिङ
दशैंलाई हामीले धेरै ह्विस्की बेच्ने भन्दा पनि ब्राण्ड इमेज बढाउने कुरामा ध्यान दिएका छौं । सरकारले उत्पादन लागत, होलसेल र खुद्रा बिक्रिको मापदण्ड तोकिदिएको हुन्छ । सोही अनुसार बजारमा लैजान्छौं । दशैं तिहार लगायतका पर्वहरुलाई पछिल्लो समय पिउने अवसरका रुपमा पनि लिन थालिएको छ । तर मान्छेले रक्सी खानै पर्छ भन्ने छैन । यद्यपी खानेहरुले व्यवस्थित ढंगले खानुस् भन्ने हो । रक्सीका कारण आफ्नो र परिवारको भविष्य नबिगार्नुस् ।

लोकल रक्सीको सवाल
हामीले कर तिरेर रक्सी(ह्विस्की) बेच्छौं । लोकल रक्सीहरुका कारण नागरिकको स्वास्थ्यमा असर गरिरहेको हुन्छ भने राज्यले कर समेत पाईरहेको हुन्न । लोकल रक्सीहरुलाई व्यवस्थित गर्न सरकारले कडा कदम चाल्नुपर्छ ।  मदिरा ऐन, २०३१ अनुसार तयार पारिएको मदिरा नियमावली, २०३३ को नियम ७ को (घ) मा कसैले पनि एक पटकमा ५ लिटरसम्म रक्सि र १० लिटरसम्म जाड भन्दा बढी उत्पादन गर्न नपाउने व्यवस्था छ । जाड र रक्सीलाई संस्कृतिको अभिन्न अंगका रुपमा स्विकार गर्ने समुदायले मात्रै सो मात्रामा जाँड र रक्सी उत्पादन गर्न पाउँछन् । उनीहरुले बर्षमा ६ पटकसम्म मात्रै त्यसरी जाँड रक्सी बनाउन पाउँछन् । यो व्यवस्था अनुसार एउटा परिवारले बर्षमा ६० लिटर जाँड र ३० लिटर रक्सि मात्रै बनाउन पाउँछन् । त्यसको सूचना पनि अन्तशुल्क अधिकारीलाई दिनुपर्ने व्यवस्था गरेको छ । यति व्यवस्था कार्यान्वयन हुनुपर्छ भन्ने हाम्रो माग हो ।

सामाजिक उत्तर दायित्व
हामीले मदन भण्डारी गोल्डकप, इटहरी गोल्ड कप, जेबी टुहुरे फाउण्डेसन लगायतलाई सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्दै आईरहेका छौं । स्थानीय विद्यालयहरुलाई पनि सघाईरहेका छौं । गत वर्ष प्रधानमन्त्री क्रिकेट प्रतियोगीताको पनि प्रायोजन गरेका थियौं । मनाङ मस्र्याङदी क्लबको मुख्य प्रयोजक पनि हामी नै हो । सिग्नेचरले त्यसलाई प्रायोजन गरेको छ । सिग्नेचरलाई हामीले मुल उत्पादनका रुपमा प्रमोशन गरिरहेका छौं ।

कम्पनीका अध्यक्ष राजेश्वरसिंह तुलाधरको मुल ध्येय नै समाजिक उत्तरदायित्व रहँदै आएको छ । देश र समाजलाई केहि गरौं भन्ने सोँच उहाँमा रहेको छ । हामीले यसपाली प्रदेशहरुमा सिग्नेचरलाई अघि सारेर गाईजात्रा मनायौं ।

ढुकुटीमा योगदान
हामीले गत आर्थिक वर्ष २०७५।७६ मा अन्तशुल्क मात्रै २ अर्ब १० करोड तिरेका छौं । हामी ठुला करदाता कार्यालयमा छौं र आन्तरिक राजश्व कार्यालय बिराटनगरको सबै भन्दा ठुलो करदाता हामी नै हो ।

Advertisement

Advertisement

Advertisement