रुग्ण जलविद्युतले कात्तिक एक बाट तालाचाबी सरकारलाई बुझाउने

Advertisement

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले रुग्ण अवस्थामा रहेका दुई दर्जन जलविद्युत आयोजनाको माग पूरा नभए आगामी कात्तिक १ बाट सरकारलाई तालाचाबी बुझाउने चेतावनी दिएको छ।

निजी क्षेत्रबाट सञ्चालन भएका रुग्ण जलविद्युत आयोजनाका दोस्रो चरणको आन्दोलन घोषणासम्बन्धी पत्रकार सम्मेलनमा इपानका उपाध्यक्ष कुमार पाण्डेले यस्तो चेतावनी दिएका हुन्।

इपानका अनुसार २५ रुग्ण जलविद्युत आयोजनाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने विद्युत नियमन आयोग विद्युत विकास विभाग र नेपाल विद्युत प्राधिकरणमा एक घण्टा धर्ना दिने आयोजना स्थलमा मागसहित कालो ब्यानर राखी माग पूरा नहुन्जेल कालोपट्टी बाँधेर काम गर्ने समस्या समाधानका लागि अन्य सरोकारवालासँग छलफल गर्ने लगायतका आन्दोलनका कार्यक्रम बनाइएका छन्।

Advertisement

Advertisement

Advertisement