दशैंको मुखैमा अर्थमन्त्री किन गए भारत ? यस्तो रहेछ कारण

Advertisement

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा अक्टोवर ३ र ४ (असोज १६ र १७ गते) भारतमा हुने विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन नयाँ दिल्ली प्रस्थान गरेका छन् ।  सो कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले दक्षिण एशियाको आर्थिक परिदृश्य विषयमा अतिथि वक्ताको रुपमा सम्बोधन गर्नु हुने कार्यक्रम तय भएको छ । साथै, उनले नेपालको विकास एजेण्डा, आर्थिक स्थिति, लगानीको वातावरणमा भएको सुधार, राजस्व क्षेत्रमा भएका सुधार लगायतका विषयमा समेत सहभागीहरुलाई जानकारी गराउनेछन् ।

कार्यक्रमको समयमा अर्थमन्त्री डा. खतिवडाले विश्व आर्थिक मञ्चका अध्यक्ष बर्ज ब्रेण्डसँग द्विपक्षीय भेटघाट गर्नेछन् भने विश्वका आर्थिक क्षेत्रका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ । भ्रमणका अवसरमा अर्थमन्त्री डा. खतिवडा र भारतीय समकक्षी अर्थमन्त्री निर्मला सिथारमणबीच भारतको अर्थ मन्त्रालयमा द्विपक्षीय भेटघाट हुनेछ । उनीहरु बीच पछिल्लो आर्थिक स्थिति, नेपाल–भारत सम्बन्ध, भारतले नेपालमा सहयोग गरेका आयोजनाको अवस्थालगायत समसामयिक विषयमा छलफल हुनेछ । अर्थमन्त्री डा. खतिवडा असोज १८ गते स्वदेश फर्कनेछन् ।

Advertisement

Advertisement

Advertisement