काठमाडौं । साताको पाँचौँ दिन आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ । नेपल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबार ६९ हजार आठ सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज एघार सयले बढेर प्रतितोला ७० हजार नौ सय रुपियाँ कायम भएको हो ।
आज महासंघले तेजाबी सुन प्रतितोला ७० हजार छ सय रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ७८५ रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६० हजार ५३० रुपियाँ कायम गरेको छ ।
त्यस्तै, चाँदीको मूल्य ८५० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७२९ रुपियाँ कायम गरेको छ ।