सिद्धार्थ बैंकको साधारण सभा कात्तिक ७ गते, २५.२६ प्रतिशत लाभांश अनुमोदन र मर्जर मुख्य एजेण्डा

Advertisement

काठमाडौं । सिद्धार्थ बैंकले कात्तिक ७ गते अठारौं वाषिक साधारण सभा आयोजना गर्ने भएको छ । सभामा बैंकले २५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव पेश गर्नेछ । सिद्धार्थले गत वर्षको नाफाबाट १०५ बोनस सेयर र १५.२६ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

बैंकले कात्तिक ७ गते बिहीबार आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे साधारण सभा आब्हान गरेको छ। आर्थिक वर्ष २०७६।०७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने रहेको छ । थ्यसैगरी, बैंकले गत आर्थिक वर्ष २०७५।०७६ को मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको लाभांश अनुमोदन तथा उपयुक्त बैंक तथा वित्तीय संस्थालाई गाभ्नेरगाभिने विशेष प्रस्ताव सहित बैंकको १८ औं वर्षिक साधारण सभा बोलाएको हो।

साधारण सभामा बैंकले गत वर्षको मूनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको कूल २५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजादै छ। बैंक सञ्चालक समितिले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र १५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

साधारण सभा प्रयोजनका लागि बैंकले असोज २९ गते सेयर दाखिला खारेज दर्ता बन्द (बुकक्लोज) गर्ने भएको छ। असोज २८ गतेसम्म कायम सेयरधनीले लाभांश पाउन सक्नेछन् । हाल सिद्धार्थको चुक्ता पुँजी ८ अर्ब ८८ करोड ७६ लाख ४ हजार ५४० रुपियाँ छ । प्रस्तावित बोनसपछि पुँजी ९ अर्ब ७७ करोड ६३ हजार ६४ हजार ९९४ रुपियाँ पुग्नेछ ।

Advertisement

Advertisement

Advertisement