बैंक अफ काठमाण्डूको ६ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन

Advertisement

काठमाडौं । बिहीबार बैंक अफ काठमाण्डूको सेयर मूल्य समायोजन भएको छ । बैंकको ६ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो ।

असोज ३० गते हुने साधारण सभाको लागि बैंकले बिहीबार (असोज १६ गते) देखि सभा हुने दिनसम्म बुक क्लोज गरेको छ । समायोजनपछि बैंकको सेयर मूल्य प्रतिकित्ता २४५ रुपियाँ रहेको छ । यसरी, मूल्य समायोजनपछि खुलेको बजारमा कम्पनीको सेयर मूल्य घटिरहेको छ । जुन अघिल्लो कारोबारको तुलनामा १० रुपियाँ घटी हो । अघिल्लो दिनको कारोबारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता २४५ रुपियाँ रहेको थियो ।

हाल बैंक अफ काठमान्डूको चुक्ता पुँजी ८ अर्ब ६ करोड ३१ लाख १ हजार रुपियाँ रहेको छ । ६ प्रतिशत बोनस वितरणपछि चुक्ता पुँजी ८ अर्ब ५४ करोड ६८ लाख ८७ हजार ६० रुपियाँ पुग्नेछ ।

असार मसान्तसम्म बैंक अफ काठमान्डूले १ अर्ब ९३ करोड ८२ लाख १९ हजार रुपियाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी २४ रुपियाँ ०४ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १७३ रुपियाँ ७२ पैसा छ ।

Advertisement

Advertisement

Advertisement