डा. अरुणा उप्रेतीको सुझाव– वामपन्थी साथीहरु ! महराको ‘मुतुनो’का लागि सती नजाउ

Advertisement

काठमाडौं । डा. अरुणा उप्रेतीले बलात्कार प्रकरणमा मुछिएका कृष्णबहादुर महराका लागि सति नजान वामपन्थी विचार धाराका मानिसहरुलाई सल्लाह दिएकी छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै उनले भनेकी छन्, ‘वामपन्थी साथीहरु ! के महराको ‘मुतुनो’का लागि तिमीहरु सति जाने कि महरालाई सजाय दिनुपर्छ भनेर आवाज उठाउने ?’

डा. उप्रेतीले महराले रोशनी शाहीलाई बलात्कार गरेकै हुन भन्ने कुनै शंका नहरे पनि डिप्रेसन रहेकी महिलाले बलात्कार गरेको होइन् भनेकाले मामला खत्तम भयो होला भन्ने नसोच्न महरा र वामपन्थीहरुलाई सल्लाह दिएकी छन् । यो काण्डलाई कसैले नबिर्सिने उनको भनाई छ ।

पारश शाह राजकुमार हुँदा गायक अमर गुरुङलाई किचेर हत्या गरिएको र चार लाख जनताले राजा वीरेन्द्रलाई कारवाहीको माग गर्दै हस्ताक्षर बुझाएको स्मरण गर्दै राजा ज्ञानेन्द्र गद्दि हरण हुनुमा यो पनि एउटा कारण भएको बताइन् ।

बलात्कार प्रकरणमा मुछिएका महरालाई कारवाही नभए नेपालका कम्युनिष्टहरु ओरालो लाग्ने दिन आउने डा. उप्रेती बताउछिन् । उनले दौपद्रीको साडी तानिएपछि कौरवहरुको विनाश भएजस्तै निर्मला पन्त, रोशनी शाही प्रकरणले गर्दा कम्युनिष्टहरुलाई धेरै लामो समय सत्तामा रहन गाह्रो हुने टिप्पणी गरेकी छन् ।

उप्रेती प्रश्न गर्छिन– मदन भण्डारी, मनमोहन अधिकारी जिवित भएको भए के महरा सहजसँग बस्न सक्थे होलान ? मदन भण्डारीको गीत गायर नथाक्नेहरु अब के गर्लान भन्ने आफ्नो जिज्ञासा रहेको उनको भनाई छ । दशैंमा वामपन्थीहरुले आफ्ना छोरी बुहारीलाई के आशिर्वाद देलान ? भन्दै उप्रेती भन्छिन्– महराको कहरबाट बचेर बस्नु भन्छन् कि ? सरकारले कुनै सहयोग गर्दैन, त्यसकारण डिप्रेशनमा नपर्नु भन्लान ?

सभामुख भइसकेका महराले लाच पचाए पनि महिलाको रक्ष ागर्ने भनेर उफिने वाम साथीहरुलाई पनि लाज नहुँदा आफूलाई आश्चर्य लागेको डा. उप्रेतीको भनाई छ । नेतालाई कुनै पनि कुराको लाज नहुने उनको भनाई छ ।

Advertisement

Advertisement

Advertisement