एकेडेमीका प्रकाशनले बजार पाएन्

Advertisement

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले विभिन्न भाषाभाषीसहित एक दर्जन साहित्यिक पत्रिकाको प्रकाशन गरे पनि उचित बजार पाउन सकेको छैन ।

प्रतिष्ठानले विगतदेखि प्रकाशन भइरहेको र केही नयाँसहित गद्यप्रधान त्रैमासिक ‘समकालीन’, विज्ञसमीक्षित अर्धवार्षिक जर्नल ‘प्रज्ञा’, अनुसन्धानमूलक अर्धवार्षिक अङ्ग्रेजी जर्नल ‘जर्नल अफ नेप्लिज स्टडिज’, कविताप्रधान त्रैमासिक ‘कविता’, समाचारप्रधान त्रैमासिकको नियमित प्रकाशन गरिरहेको छ । यसैगरी, ‘प्रज्ञा गतिविधि’, बहुभाषिक अर्धवार्षिक ‘सयपत्री’, भाषाभाषीगत वार्षिक जर्नलतर्फ नेपाल भाषाको ‘थायमु’, मैथिली भाषाको ‘आँङन’, लिम्बू भाषाको ‘फक्ताङलुङ’, भोजपुरी भाषाको ‘महुआ’ र अर्धवार्षिक बालपत्रिका ‘बालप्रज्ञा’ प्रकाशित हुँदै आएको छ ।

प्रतिष्ठानका सदस्यसचिव प्रा जगतप्रसाद उपाध्यायले ‘प्रज्ञा’लाई विज्ञसमीक्षित अर्धवार्षिक जर्नलका रुपमा परिमार्जन गरी प्रकाशन गरिएको र ‘प्रज्ञा गतिविधि’लाई स्तरीय तुल्याएको बताए । विगतमा वितरणका लागि साझा प्रकाशनसँग सम्भौता भए पनि बिक्री वितरण चुस्त नभए पनि नयाँ बोलपत्र गरिएको हो । प्रतिष्ठानले यो वर्षमात्रै ५० भन्दा बढी कृतिको पनि प्रकाशन गरेको छ ।

उपाध्यायले प्रतिष्ठानका प्रकाशन र पत्रिकाको बिक्रीका लागि बोलपत्र आह्वान गर्दासमेत तोकिएको समयमा कुनै पनि कम्पनीले प्रस्ताव नदिएकाले यसबारे दशैँपछि नयाँ ढङ्गले सोचिने बताए ।

Advertisement

Advertisement

Advertisement