एनआईसी एशियाको डेबिट र क्रेडिट कार्ड भिसा नेटवर्कमा आवद्ध नेपाल तथा भारतका बैंकका एटीएममा पनि सञ्चालन हुने

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंकको भिसा डेबिट तथा क्रेडिट कार्ड केही समयको लागि यस बैंकका एटीएम मेसिनहरुबाट मात्र सञ्चालन भइरहेकोमा असोज मिति २०७६/०६/१८ देखि नेपाल तथा भारतका भिसा नेटवर्कमा आवद्ध अन्य बैंक तथा वित्तीय संस्थाहरुका चिप तथा पिन स्वीकार गर्ने एटीएम मेसिनहरुमा समेत संचालन हुने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

बैंकका कार्डवाहकहरुले २४ घण्टामा नेपालमा तीन पटक गरी हरेक पटक २० हजारका दरले अधिकतम ६० हजार रुपियाँ रकमसम्म झिक्न सकिनेछ । यसै गरी भारतमा २४ घण्टामा दुई पटकमा गरीे हरेक पटक भारतीय १० हजारका दरले अधिकतम भारतीय १५ हजार रुपियाँसम्म झिक्न सकिनेछ ।

यससँगै यस बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्डहरु भिसा नेटवर्कमा आवद्ध भएका अन्य बैंक तथा वित्तीय संस्थाका पोइन्ट अफ सेल्स (पीओएस) मेसिनहरुमा समेत चल्ने व्यवस्था यसअघि नै मिलाइएको छ । यस बीचमा प्राविधिक कारणले ग्राहकहरुमा पर्न गएको असुविधाका लागि बैंक क्षमाप्रार्थी रहेको जनाएको छ ।

बैंकको मुलुकभर ३०१ शाखा कार्यालयहरु, ३६७ एटिएम, ८३ वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब १८ लाख ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब १० अर्ब ८ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

Advertisement

Advertisement

Advertisement