बलात्कार प्रकरणमा मुछिएका महराविरुद्ध प्रहरीमा किटानी जाहेरी, महरा आइतबार पक्राउ पर्नसक्ने

Advertisement

काठमाडौँ । आफ्नै सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि बलात्कार गरेको आरोप खेपिरहेका तत्कालिन सभामुख कृष्णबहादुर महराविरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ ।

पीडित रोशनी शाही आफैले महराले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएकी हुन् । आफूलाई महराले बलात्कार गरेको भन्दै प्रहरीदेखि मिडियासम्मलाई घट्ना विवरण सुनाएकी उनले भोलिपल्ट आश्चर्यजनक तरिकाले आफ्नो भनाई फरेकी थिइन् । तर शाहीले बोली फेर्ने कुरा दबाबमा भएको तथ्य पनि बाहिरिएको छ ।

तर अहिले उनी शाही महराविरुद्ध किटानी जाहेरी दिन तयार भएकी हुन् । उनी स्वयं शनिबार महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर पुगेर महराविरुद्ध आफूमाथि बलात्कार प्रयास भएको भन्दै किटानी जाहेरी दिएकी हुन् । यससँगै प्रहरीलाई महराविरुद्ध थप अनुसन्धान र कारवाही गर्न मार्ग प्रशस्त भएको छ । प्रहरीले आइतबार थप कानुनी कारवाही अघि बढ्ने जनाएको छ । प्रहरी स्रोतका अनुसार संभवतः महरा आइतबार पक्राउ पर्नसक्नेछन् ।

घट्ना भएको झण्डै एक साताभित्रमा सत्तारुढ दलकै नेताहरुसमेत महरालाई कारवाही नगर्दा पार्टी दबनाम हुने सोचमा पुगेको र अन्य दल तथा नागरिक समाजबाट पनि तीब्र दबाब भएपछि सरकार महरालाई थप कारवाही गर्न दिन सकारात्मक भएको हो । गृहमन्त्री रामबहादुर थापाले नै प्रहरीलाई महरा प्रकरणको आवश्यक छानविन र कारवाही अघि बढाउन निर्देशन दिएको जनाइएको छ ।

घट्ना भएकी दिनसमेत प्रहरीले घट्नास्थलको निरीक्षण गरेर गएको थियो भने अर्को दिन गएर सबुत प्रमाणहरु संकलन गरेको थियो । आवश्यकताअनुसार अन्य प्राविधिक अध्ययनसमेत गर्ने तयारी भइरहेको छ । प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा महरा गत आइतबार रोशनीको कोठामा गएको पुष्टि भएको र उनले यौन दुव्र्यवहार वा बलात्कार गरेको विषयमा थप अनुसन्धान गर्ने र रोशनीको बयान लिने काम गरेको छ ।

महराले यौन दुव्यवहार गरेको पाइए तीन बर्ष र बलात्कार गरेको भए सात बर्षसम्म जेल सजाय हुने कानुनले देखाउँछ । महराविरुद्ध थप कारवाही अघि बढाउन प्रहरीले उनलाई सांसद पदबाट निलम्बन गर्न प्रतिनिधिसभाकी उपसभामुखसमक्ष लिखित आग्रह गर्ने तयारीसमेत गरेको छ ।

Advertisement

Advertisement

Advertisement