दशैँको अवसरमा सनराइज बैंकले काठमाडौंमा निःशुल्क बस सेवा दिने, कुन कुन रुटमा चल्छ ?

sunrise-bank

काठमाडौं । सनराइज बैंकले आफ्नो १२औं वार्षिक उत्सवको अवसर र नेपालीहरुको महान चाँड दशैंलाई मध्यनजर गर्दै निःशुल्क बस यात्राको सुविधा प्रदान गर्ने भएको छ । दशैंको बेला काठमाडौंमा सार्वजनिक यातायातको अभाव हुने समस्यालाई केहि हदसम्म न्युनिकरण गर्ने अभिप्रायले बैंकले निःशुल्क बस सेवा प्रदान गर्न लागेको हो ।

उक्त सेवा बैंकले दशैको टिकाको दिन अर्थात आश्विन २१ गते, मंगलबार संचालन गर्ने जनाएको छ । ‘सनराइज दशैं यात्राहामी संग संगै’ भन्ने नाराको साथ बैंकले काठमाडौंको दुईवटा रुटमा बस सेवा संचालन गर्नेछ । जसमा बुढानिलकण्ठदेखि लगनखेलको रुट र चक्रपथ परिक्रमाको रुट रहनेछन् ।

साथै, बैंकले आश्विन महिनालाई १२औं वार्षिक उत्सवपूर्ण महिनाको रुपमा मनाउन विभिन्न १२ विधाहरुमा देशभर कार्यक्रमहरु गर्दै जाने जनाएको छ ।