बलात्कार गरेको प्रमाणित भए महरा ७ देखि १० बर्ष जेल बस्नुपर्ने

Advertisement

काठमाडौं । बलात्कारको अरोपमा आइतबार पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लगाइएको आरोप प्रमाणित भएमा के सजाय हुन्छ ? भन्ने जनचासो निकै देखिन्छ ।

सम्माननीय ओहोदामा रहेका व्यक्तिबाट जघन्य र निकृष्ट खालको काम भएको आरोप लागेकाले पनि उनलाई सजाय गरिन्छ वा गरिन्न ? गरिए कति सजाय हुन्छ ? भन्ने चासो रहनु स्वाभाविक हो । महरा गत साता आइतबार पीडित भनिएकी रोशनी शाही बसेको कोटेश्वरस्थित डेरामा गएको सीसीटीभी फुटेज र प्रहरीको रेकर्डले देखाइसकेको छ ।

अब महराले रोशनीमाथि यौन दुव्र्यवहार मात्रै गर्ने प्रयास गरेका हुन् ? वा बलात्कार नै गरेका हुन ? वा केही पनि गरेका होइनन् ? वा दुवैको सहमतिमा यौन सम्वन्ध भएको हो ?ः भन्ने कुराको प्रहरीले छानविन गरिएको छ । त्यसका आधारमा दर्ता गरिएको मुद्दामा सरकारले दोषी ठहर गर्छ वा गर्दैन ? भन्ने कुराले महरा जेल जाने वा नजाने भन्ने कुराको निर्धारण हुनेछ ।

यो बीचमा महराले पनि आफूलाई निर्दोष सावित गराउने मौका पाउनेछन् । बलात्कारसम्वन्धी कसुरमा उमेरअनुसार कानुनमा सजाय तोकेको छ । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मा १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिलामाथि बलात्कार भए सात वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

स्मरणीय कुरा के छ भने घट्नालगत्तै पीडित रोशनी शाहीले मिडियामा भिडियो अन्तरवार्ता दिँदै आफूलाई महराले बलात्कार नै गरेको बताएकी थिइन् भने किटानी जाहेरीमा भने बलात्कारको प्रयास गरेको बताएकी छन् । यस्तो प्रयासलाई कानुन व्यवसायीहरु अपूर्ण अपराधको रुपमा व्याख्या गर्छन् । यसैमा महराले खेल्ने मौका पाउने कतिपयको अनुमान छ । बलात्कारको प्रयास मात्रै गरेको भन्दा सजाय आधा मात्रै हुने कानुनी व्यवस्था छ ।

Advertisement

Advertisement

Advertisement