पिङ खेल्दा घाँटीमा डोरी बेरिएर मृत्यु

Advertisement

गलेश्वर । म्याग्दीमा एक बालिकाको पिङ खेल्ने क्रममा घाँटीमा डोरी बेरिएर मृत्यु भएको छ । जिल्लाको मङ्गला गाउँपालिका–५ किमचौरकी सात वर्षीया दीपा फगामीको सोमबार राति डोरी घाँटीमा बेरिएर मृत्यु भएको हो । अभिभावकले खेल्नका लागि घरमा नै बनाइदिएको पिङको डोरी घाँटीमा बेरिँदा ज्यान गएपछि शव परीक्षणका लागि बेनी अस्पतालमा ल्याइएको थियो ।

अस्पतालका डाक्टर दशैँ बिदामा रहेका अवस्थामा प्रहरीको उपस्थितिमा परीक्षण गर्न पोखरा पठाइएको प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए । “शव परीक्षणसहित रिपोर्ट आज आउँछ, डोरीमा बेरिएको अवस्थामा भेटिएकाले मेडिकल रिपोर्टको पर्खाइमा छौँ”, प्रनाउ मरासिनीले भने ।

प्रहरीले घटनाको प्रकृतिलाई हेर्दा फोरेन्सी रिपोर्टका लागिसमेत पोखरा पठाएको बताएको छ । प्रहरी चौकी बाबियाचौरबाट गएको प्रहरीको टोलीले घटनास्थलको सनुसन्धानसमेत गरेको छ ।

Advertisement

Advertisement

Advertisement