राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिहरुको बडादशैँ (फोटो फिचरसहित)

Advertisement

काठमाडौं । आज हिन्दु नेपालीहरुको महान चाड दशैँमा नवदुर्गा भवानीलाई सम्झिँदै ठूलाबडाको हातबाट टीका तथा जमरा ग्रहण गर्ने शुभ दिन हो । यस पर्वमा मान्यजन हरुको हातबाट कुनै पनि व्यक्तिले टीका ग्रहण गरे आँटेको चाहेको पुग्छ भन्ने जनविश्वास छ ।

हिन्दूहरुको महान चाड बडादशैँँको दशमीका दिन मंगलबार मान्यजनबाट टीका, जमरा र प्रसाद लगाइएको छ । पञ्चाङ्ग निर्णायक समितिले टीकाको उत्तम साइत बिहान १० बजे ३५ मिनेटका लागि तोकेअनुसारको समयमा टीका लगाउने प्रचलन छ ।

राष्ट्रपतिबाट प्रधानमन्त्रीलगायत विशिष्ट महानुभावलाई टीका

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहान १० बजेर ३५ मिनेटको शुभसाइतमा आमा मिथिला पाण्डेबाट शितल निवासमा टीका लगाइन् । त्यसपछि उनले आफन्त र सर्वसाधारणलाई टीका लगाइदिएकी थिइन् ।

r-0

राष्ट्रपति भण्डारीले बडा दशैँका अवसरमा आज शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट महानुभावलाई टीका लगाइकी छिन् ।राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली, उहाँकी धर्मपत्नी राधिका शाक्यसहित विशिष्ट महानुभावलाई टीका लगाएकी हुन् ।

Rastpati1

यसैगरी, राष्ट्रपति भण्डारीले प्रधानन्यायाशीध चलेन्द्रशमशेर राणा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, उच्च अधिकारी, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का महासचिव विष्णु पौडेललगायतलाई टीका लगाए । राष्ट्रपति भण्डारीले सर्वसाधरणलाई पनि टीका लगाइन् ।

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’

उपराष्ट्रपति पुनले आफ्ना बुवाबाट यसवर्षको दसैँको टीका ग्रहण गरेका छन् । उनले आज उपराष्ट्रपति भवन, हरितगृहमा आफ्ना ८६ वर्षीय बुवा रामसुर पुनबाट दसैँको टीका ग्रहण गरेका उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिएका छन् । यसैगरी, उपराष्ट्रपति पुनले आफ्ना सचिवालय सदस्य, सुरक्षाकर्मी र केही आफन्तलाई टीका लगाइदिएका छन् ।

passang1

प्रधानमन्त्री ओलीको टीका
प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैँका अवसरमा आज प्रधानमन्त्री निवास बालुवाटारमा पिता मोहनप्रसाद ओलीबाट टीका लगाए । प्रधानमन्त्री ओलीले धर्मपत्नी राधिका शाक्य, परिवारजन, उपस्थित उपप्रधानमन्त्री, मन्त्रीगण तथा नेता कार्यकर्ता, कर्मचारी र सुरक्षाकर्मीलाई पनि टीका लगाए । प्रधानमन्त्री ओलीले आज कार्यकर्ता र सर्वसाधरणलाई पनि टीका लगाए ।

kp-oli

 

Advertisement

Advertisement

Advertisement