चिनियाँ राष्ट्रपति सी दुई दिने भ्रमणमा शनिबार काठमाडौं आउने

Advertisement

काठमाडौं । चिनका राष्ट्रपति सी जिनपिङ दुईदिने भ्रमणका लागि नेपाल आउने मिति तय भएको छ। परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै चिनियाँ राष्ट्रपति २५ असोजमा काठमाडौं आउने र २६ गते फर्किने तय भएको जानकारी दिएको हो ।

विज्ञप्तिमा लेखिए अनुसार नेपालको राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा उनले २५ र २६ गते नेपाल भ्रमण गर्दै छन् । भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिले नेपाली समकक्षी भण्डारीसँग भेटवार्ता गर्नेछन् । त्यसैगरी, राष्ट्रपति भण्डारीले समकक्षी भेटपछि उनको सम्मानमा रात्रीभोजको आयोजना गर्ने भएकी छन्।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ प्रतिनिधि मण्डलको दुई पक्षीय आधिकारिक भेट हुनेछ । सोही क्रममा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर पनि हुने पनि जनाइएको छ । राष्ट्रपति सी २४ गते भारत जाने कार्यक्रम तय भईसकेको छ । भारत भ्रमण सकेर उहा सोझै नेपाल आउने कार्यक्रम रहेको छ ।

दुई दिने नेपाल भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सीसँग नेपालका अन्य राजनीतिक दलका शीर्ष नेताले पनि भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

xi-jenping-press

Advertisement

Advertisement

Advertisement