विश्वकप छनोटका लागि आज शक्तिशाली अष्ट्रेलियासँग भिड्दै नेपाल

Advertisement

काठमाडौं । विश्वकप फुटबल छनोटअन्तर्गत बिहीबार नेपालले अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । क्यान्बेरास्थित जियो स्टेडियममा हुन गइरहेको खेल नेपाली समयअनुसार पौने ३ बजे सुरु हुनेछ । विश्वकप छनोटका लागि नेपालले खेल्न लागेको यो तेस्रो खेल हो ।

आजको प्रतिस्पर्धाका लागि नेपाली टोली एक सातादेखि बन्द प्रशिक्षणमा रहेको छ । अस्ट्रेलिया बलियो टिम भए पनि आफूहरुले राम्रो तयारी गरेको नेपाली प्रशिक्षकले प्रतिक्रिया दिइरहेका छन् । विश्व फुटबल जगतमा शक्तिशाली टिमसँग प्रतिस्पर्धा गर्न लागेकाले पनि नेपालका लागि यो ठूलो चुनौति र अवसरको रुपमा हेरिएको छ ।

फिफाको बरियतामा अष्ट्रेलिया नेपालभन्दा १७ अंक अगाडि छ । अष्ट्रेलिया ४४औं स्थानमा छ भने नेपाल ६१औं स्थानमा । यसअघि ताइपेईलाई २-० ले हराएको नेपालले कुवेतसँग ७-० ले पराजित भएको थियो । आज नेपालसँग प्रतिस्पर्धा गर्न लागेको अष्ट्रेलियाले कुवेतलाई ३-० ले पराजित गरिसकेको छ । चर्चित क्लवहरुमा खेलिसकेका खेलाडीहरुको टिमसँग प्रतिस्पर्धा गर्न लागेको नेपालका लागि आजको खेल सहज छैन् ।

Advertisement

Advertisement

Advertisement