सुनको मूल्य घट्यो, तोलामा पाँच सय कम

Advertisement

काठमाडौं । साताको अन्तिम दिन आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत हप्ता ७० हजार नौ सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज पाँच सयले घटेर प्रतितोला ७० हजार चार सय रुपियाँ कायम भएको हो ।

आज महासंघले तेजाबी सुन प्रतितोला ७० हजार एक सय रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ३५५ रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६० हजार एक सय रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ८४५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७२४ रुपियाँ ५० पैसा कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement