यस बर्षको नोवेल शान्ति पुरस्कार इथियोपियाका प्रधानमन्त्रीलाई

Advertisement

काठमाडौँ । सन् २०१९ को नोवेल शान्ति पुरस्कार इथियोपियाका प्रधानमन्त्री आबी अहमद अलीलाई प्रदान गरिने भएको छ । नोवेल पुरस्कार छनोटका लागि शुक्रबार नर्वेको ओस्लोमा बसेको बैठकले उनको नाम चयन गरेको हो ।

गत बर्ष मात्रै इरिट्रियासँग शान्ति सम्झौता गर्न सफल भएका उनलाई शान्ति स्थापना, अन्तर्राष्ट्रिय समन्वय र खासगरी सीमामा चल्दै आएको द्धन्द्ध समाधानमा अली खेलेको महत्वपूर्ण भूमिकाका लागि उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।

सन् १९९८ देखि २००० सम्म इथियोपिया र इरिट्रियबीचको सीमा युद्ध र त्यसपछिका २० बर्षसम्म चलेको सैनिक गतिविधिको समाधान गर्दै दुवै देशबीच शान्ति सम्झौता गराउन सफल भएका उनले इथियोपियालाई द्धन्द्ध समाधानपछि गरिवी अन्त्य र आर्थिक सुधारका महत्वाकाँक्षी योजना अघि सारेका छन् । अलीको योजनाको सकारात्मक नजिताहरु इथियोपियामा देखिन थालिसकेको नोवेल समितिका अध्यक्ष वेरिस रेइस एण्डरसनले बताइन् ।

सन् २०१९ को नोवेल शान्ति पुरस्कारका लागि २२३ व्यक्ति तथा ७८ संघसंस्थाको मनोनयन परेको थियो । अन्तिम सुचीमा इथियोपियाका प्रधानमन्त्री अली, न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डन र जलवायु क्षेत्रमा क्रियाशील ग्रेटा थनवर्गको नाम चयन भएको थियो । समितिले अलीको नाम चयन गरेको हो ।

Advertisement

Advertisement

Advertisement