उदयपुरमा धारिलो हतियार प्रयोग गरी आमा छोरीको हत्या

Advertisement

उदयपुर । उदयपुरमा धारिलो हतियार प्रयोग गरी आमा छोरीको हत्या भएको छ । शुक्रवार राति त्रियुगा नगरपालिका ९ स्थित चौकीबारीमा २२ वर्षीय शारदा कुमारी चौधरी (गोमा) र उनकी ९ वर्षीय छोरी रत्ना चौधरीको धारिलो हतियार प्रहार गरी हत्या भएको हो ।

हत्या कसले र किन गरेको हो ? भन्ने बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीरबहादुर बुढामगरको भनाई छ । अनुसन्धानलाई थप प्रभावकारी बनाउन धरानबाट तालिम प्राप्त कुकुर ल्याउन लागिएको समेत एसपी बुढामगरले जानकारी दिए ।

मृतक चौधरीका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन् भने सासू ससुरा चौदण्डीगढी नगरपालिका ५ सिबाइमा बस्दै आएका छन् ।

Advertisement

Advertisement

Advertisement