मेलम्ची ‘हेडवर्क्स’ को काम सिनो हाइड्रोलाई

Advertisement

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले मुहानमा रहेको ‘हेडवर्क्स’ निर्माणका लागि ठेक्का सम्झौता गरेको छ ।

सुरुङको बाँकी काम गर्ने ठेक्का पाएको चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो नै ‘हेडवर्क्स’ निर्माणका लागि छनोट भएको समितिका सूचना अधिकारी वरिष्ठ डिभिजनल इञ्जिनीयर राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । निर्माण कम्पनीले १५ महीनामा ‘हेडवर्क्स’ को काम सक्नेगरी समय दिइएको उनले बताए ।

‘हेडवर्क्स’ निर्माणको लागत एक अर्ब दुई करोड रुपियाँ हुनेछ । कम्पनीले १५ दिनमा स्थलगत अध्ययन गरेर काम सुरु गर्नेगरी ठेक्का सम्झौता भएको छ । इटलीको निर्माण कम्पनी सीएमसीले गएको वर्ष काम छोडेर हिँडेपछि ठेक्का सम्झौता रद्द गरी सिनो हाइड्रोलाई नै सुरुङको बाँकी काम गर्ने गरी छनोट गरिएको थियो । सुरुङको बाँकी कामका लागि भने ७५ करोड रुपियाँमा सम्झौता भएको छ । काठमाडौंमा बहुप्रतिक्षित मेलम्चीको पानी ल्याउने मिति पटकपटक सर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement