दुई दिने नेपाल भ्रमण सकेर सी फर्किए

Advertisement

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने भ्रमणका लागि नेपाल आएका चीनका राष्ट्रपति सी चिनफिङ आइतबार स्वदेश प्रस्थान गरेका छन् । उनी अपरान्ह एयर चाइनाको विशेष विमानबाट स्वदेश प्रस्थान गरेका हुन् ।

सीलाई राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओलीलगायतले विमानस्थलमा बिदाई गरेका थिए । उनलाई नेपाली सेनाको एक टुकडीले राष्ट्रपतीय सम्मानगारत प्रदान गरेको थियो ।

Advertisement

Advertisement

Advertisement