नेशनल लाइफको साधारणसभा कात्तिक २४ गते, सेयरधनीलाई १५.२२५ प्रतिशत लाभांश पारित गर्ने

Advertisement

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स ३१ औं साधारणसभा बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७४।७५ को १४.५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न तथा वार्षिक प्रतिवेदन पारित गर्न साधारणसभा आह्वान गरेको हो ।

आर्थिक वर्ष २०७४।७५ को नाफाबाट नेशनलले २.५ प्रतिशत बोनस सेयर, १२ प्रतिशत नगद लाभांशका अतिरिक्त सो बोनस र नगद लाभांशमा लाग्ने करबापतको छुट्टै नगद ०.७२५ प्रतिशत नगद लाभांश समेत गरी १५ प्रतिशत लाभांश दिने भएको हो ।

सभाले २०७५।०७६ को लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक तोक्नेछ । कम्पनीले सेयर संरचना पनि फेरबदल गर्ने लगायतको एजेण्डा छ  । नेशनल लाइफले साधारणसभा कात्तिक २४ गते बिहान साढे १० बजे आफ्नै केन्द्रीय कार्यालयको भवनमा बोलाएको छ ।

हाल नेसनलको चुक्ता पुँजी ३ अर्ब ७४ लाख ४० हजार रुपियाँ रहेको छ । २.५ प्रतिशत बोनस वितरणपछि पुँजी ३ अर्ब ८ करोड ३६ लाख रुपियाँ पुग्नेछ ।

Advertisement

Advertisement

Advertisement