सर्लाहीमा मापदण्ड विपरित भाडा उठाउने तीन काउन्टरलाई कार्वाही

Advertisement

सर्लाही ।सर्लाही प्रहरीले अत्यधिक भाडा उठाएका कारण तिन वटा सुमो काउन्टरलाई कार्वाही गरिएको छ । नेपाल सरकारले तोकेको भाडा दर भन्दा बढि भाडा लिएको भन्दै लालबन्दी नगरपालिकामा रहेको तिन वटा सुमो काउन्टरलाई कार्वाही गरिएको छ ।

शनिवार यात्रु गुणासो आएपछि आइतवार ईलाका प्रहरी कार्यालय लालबन्बदीका प्रहरी निरीक्षक नारायण थापाले छडके गर्दा रातो कमला यातायात प्रा।ली। खाद यातायात प्रा।ली। र नवबुद्ध यातायात प्रा।ली।को काउन्टरमा मापदण्ड विपरित काठमांडौँ जाने यात्रुहरु सँग एक हजारका दरले रकम उठाइएकोले उक्त काउन्टरमा बस्ने व्यक्तिहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधी बोलाई १५ सयका दरले जरिवाना काटि चेतावनी समेत दिइएको ईलाका प्रहरी कार्यालय लालबन्दी सर्लाहीले जनाएको छ ।

नेपाल सरकारले लालबन्दी बाट काठमाडौं सम्मको सात सय ५० रुपियाँ भाडा तोके पनि चाडको अवसर पारेर मापदण्ड विपरित ति काउन्टरहरुले भाठा उठाएकोले कार्वाही गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement