भन्सार छली ल्याएको अवैध २५ सय कुखुराको चल्ला नष्ट

Advertisement

सर्लाही । सर्लाहीमा शस्त्र प्रहरी बलले भन्सार छली ल्याउँदै गरेको अवैध भारतीय कुखुराको चल्ला बरामद गरी नष्ट गरेका छन । बरहथवा नगरपालिका वडा नं. १४ सैदपुरबाट विआर ३० ए ४७५५ भारतिय नम्वर पलेट लेखिएको टाटा सुमो गाडिबाट आइतवार विहान शस्त्र प्रहरीले २५ सय अवैध भारतिय कुखुराको चल्ला बरामद गरेको हो ।

शस्त्र प्रहरी बल नेपाल १० नं. गण कविलासीका प्रहरी नायव निरीक्षक प्रमोद कुमार सिंह सहित छ जनाको मोवाईल गस्ती टोलीले विशेष सुराकीका अधारमा टाटा सुमोलाई चेकजाँच गर्ने क्रममा एक लाख २५ हजार मुल्य बराबरको २५ सय अवैध भारतीय कुखुराको चल्ला बरामद गरिएको शस्त्र प्रहरी बल नेपाल १० नं. गण कविलासीले जनाएको छ ।

बरामद गरिएको चल्ला शस्त्र प्रहरी बल नेपाल १० नंं गण कविलासीको कार्यालयमा आईतवार अपरान्ह साढे तीन बजे खाल्टोमा पुरी नष्ट गरिएको छ भने अन्दाजी सात लाख मुल्य बराबरको टाटा सुमो गाडि जिल्ला भन्सार कार्यालय मलंगवामा बुझाइएको शस्त्र प्रहरी बल नेपाल दश नं. गण कविलासीका गणपती तथा प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले जानकारी दिए ।

यसैविच सर्लाहीको रामनगर गाउँपालिका बाट अन्दाजी ५० हजार मुल्य बराबरको विष्फोटक पदार्थ पटाखा र ६० हजार मुल्य बराबरको मोटरसाईकल शस्त्र प्रहरीले बरामद गरेको छ । वडा नं. एक खैर्वा बाट बिआर ३० एल४६०५ नम्वरको मोटरसाईकलमा शस्त्र प्रहरीलाई शंका लागि चेँकजाँच गर्ने क्रममा उक्त विस्फोट जन्य पटाखा बरामद गरेको शस्त्र प्रही बल सर्लाहीले जनाएको छ । पटाखालाई आईतवार नष्ट गरिएको छ भने मोटरसाईकल जिल्ला भन्सार कार्यालय मलंगवामा बुझाईएको शस्त्र प्रहरीले जनाएको छ ।

पछिल्लो समय प्रहरीले निगरानी बढाएपछि भारतीय सीमासँग जोडिएका नाकाहरूबाट प्रहरीले अहिले लाखौंको सामान बरामद गर्न थालेको छ । जिल्लास्थित नेपाल भारतको सीमामा जाँचको जिम्मा पाएका सशस्त्र प्रहरीको १० नम्बर गणले विभिन्न सीमा नाकाहरुमा खटाएका मोबाइल गस्ती टोलीले विभिन्न महिना भन्सार छली ल्याउने लाखौ समान बरामद गरि जिल्ला भन्सार कार्यालयमा आवश्यक कार्वाहीको लागि पठाउने गरेको गणपति विनोदराज श्रेष्ठले बताएका थिए ।

Advertisement

Advertisement

Advertisement