क्यानमाथि आईसीसीको निलम्बन तीन बर्षपछि फुकुवा

icc

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान)माथि लगाउँदै आएको निलम्बन फुकुवा गरेको छ । सोमबार सम्पन्न आईसीसी दुई दिने बैठकले निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।

आइसीसीले २०७३ सालदेखि क्यानमाथि प्रतिवन्ध लगाएको थियो । क्यानमा बढी राजनीति हुन थालेपछि र सरकारी हस्तक्षेप बढेपछि निलम्बन गरिएको थियो । संघमा हालै चतुरबहादुर चन्द अध्यक्ष निर्वाचित भएका थिए । निर्वाचित भएपछि उनले निलम्बन चाँडै फुकुवा हुने भन्दै आएका थिए ।