सुनको मूल्य फेरी प्रतितोला सात सयले बढ्यो

Advertisement

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत सोमबार ७० हजार रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज सात सय रुपियाँले बढेर प्रतितोला ७० हजार सात सय रुपियाँ कायम भएको हो ।

आज महासंघले तेजाबी सुन प्रतितोला ७० हजार चार सय रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ६१५ रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६० हजार ३६० रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेर ८६० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७३७ रुपियाँ ५० पैसा कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement