माछापुच्छ्रे बैंकको २१औँ वार्षिक साधारण सभा सम्पन्न, सेयरधनीलाई १६ प्रतिशत लाभांश दिने पक्का

Advertisement

काठमाडौं । माछापुच्छ्रे बैंकको २१औँं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकले सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणासहित असोज २४ गते शुक्रबार होटल पोखरा ग्राण्ड, पोखरामा सभा सम्पन्न गरेको हो ।

उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०७५/०७६को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार सेयरधनीहरुलाई हालको चुक्ता पूँजीको १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । जसमध्ये, चुक्ता पूँजीको ११ प्रतिशतनगद र ५ प्रतिशत बोनस लाभांश (बोनस एंव नगद लाभांशमा लाग्ने कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, साधारणसभाले माछापुच्छ्रे बैंक र अन्य उपयुक्त बैंक तथा वित्तिय संस्थाहरु एक आपसमा गाभ्न/गाभिने सम्बन्धि कार्यको लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि गरेको छ ।

बैंकले गत आर्थिक वर्षमा बैंकले १ अर्ब ६९ करोड ७० लाख रुपियाँ खुद नाफा गरेर प्रतिसेयर आम्दानी २१ रुपियाँ ७ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपियाँ तथा साधारण जगेडा कोषमा २ अर्व ४५ करोड रुपियाँ संचित छ ।

माछापुच्छ्रे बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर गरी सातै प्रदेशमा आफ्ना १४० वटा शाखाहरु र १३० शाखारहित बैकिङ सेवा समेत गरी जम्मा २७० स्थानवाट ७ लाखभन्दा बढि ग्राहकहरुमा सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरिरहेको छ । साथै, रे बैंकको देशभर १६२ वटा एटीएमहरु संचालनमा रहेको छन् ।

Advertisement

Advertisement

Advertisement