सेयर बजारमा ५.०८ अंकको सामान्य सुधार, कारोबार रकम पनि थोरै बढ्यो

Advertisement

काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार पनि सेयर बजारमा सामान्य सुधार आएको छ । आज सेयर बजार परिसुचक नेप्से ५ दशमलव ०८ अंकले बढेर एक हजार १४२ दशमलव ०४ कायम भयो भने कारोबार रकम पनि थोरै बढेर २२ करोड २४ लाख रुपियाँ बराबरमा सीमित भयो ।

आज धेरै कारोबार गर्नेमा सिद्धार्थ बैंक अगाडी रहेको छ । जसको कारोबार चार करोड ७७ लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा एशियन लाइफ इन्स्योरेन्स प्रमोटर सेयर र।हेको छ । जसको कारोबार तीन करोड ६९ लाख लाख रुपियाँ बराबरको भएको छ ।

त्यस्तै, आज ट्रेडिङ र उत्पादनमूलक समूहको कारोबार भएको छैन । त्यस्तै, कारोबार गर्ने बाँकी सबै समूहको सुचकमा एक प्रतिशतभन्दा कमले मात्रै उकालो लागेर हरियो देखिन्छ ।

आज धेरै नाफा गर्नेमा आरएमडीसी लघुवित्त संस्थाका लगानीकर्ता अगाडि छन् । कम्पनी ५ दशमलब ९३ प्रतिशतको फाइदामा गएको छ । त्यसैगरी, धेरै घाटा खानेमा सीटी एक्सप्रेस फाइनान्सका लगानीकर्ता रहेका छन् । फाइनान्स ५ दशमलब ८८ प्रतिशतले घाटामा गएको छ ।

Advertisement

Advertisement

Advertisement