गैरआवासीय नेपालीहरुलाई अथमन्त्रीको सल्लाह– जलविद्युतमा लगानी गर्नुस्, राम्रो प्रतिफल पाइन्छ

Advertisement

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले गैरआवासीय नेपालीहरुलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न सल्लाह दिएका छन् । गैरआवासीय नेपाली विश्व सम्मेलनको एक सत्रमा बोल्दै मंगलबार उनले जलविद्युतमा लगानी गरे उच्च प्रतिफल पाइने दावी पनि गरे ।

जलविद्युत कम्पनीहरुको सेयरमा भारी गिरावट भइरहेको बेला खतिवडाले उच्च प्रतिफल प्राप्त हुने दावी गरेका हुन् । खतिवडाले सरकार एक्लैले मुलुकलाई समृद्ध बनाउन आवश्यक लगानी जुटाउन सम्भव नभएको उल्लेख गर्दै गैरआवासीय नेपालीहरुबाट जलविद्युत क्षेत्रको विकासका लागि वार्षिक रुपमा करिव ७० अर्ब लगानीको अपेक्षा गरिएको बताए ।

दश वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारले लक्ष्य सुनाउँदै उनले त्यसका लागि आन्तरिक लगानीले नपुग्ने भएकाले बाह्य लगानी जरुरी रहेको बताए । खतिवडाले गैरआवासीय नेपालीहरुले आर्थिक विकासमा राम्रै योगदान दिएको भन्दै प्रसंशा पनि गर्न भ्याए ।

नेपाली कांग्रेसका एवं पूर्वअर्थमन्त्री रामशरण महतले नेपालमा वैदेशिक लगानी भित्राएर पूर्वाधार विकासमा सघाउन गैरआवासीय नेपालीहरुलाई आग्रह गरे । नेपालको आर्थिक विकासमा गैरआवासीय नेपालीहरु उत्प्रेरक हुनुपर्ने उनको तर्क छ । महतले नेपालमा वैदेशिक लगानी भित्र्याउन सरकारको संस्थागत क्षमता प िविकास हुनुपर्ने बताए ।

Advertisement

Advertisement

Advertisement