मलाई राजा हुनु पनि छैन्, दरबार हत्याकाण्डमा म दोषी पनि होइन्ः पारस

Advertisement

काठमाडौं । पूर्वयुवराज पारस शाहले आफू राजा हुन नजन्मेको बताएका छन् । पछिल्लो समय पारसले चलाएको मोटरसाइकलमा पछाडि बसेर चर्चामा आएकी कार्यक्रम प्रस्तोता सोनिका रोकायाले आफ्नो फेसबुक पेजमा पारसको भनाई भन्दै राखेको स्टाटसमा पूर्वयुवराज पारसले भनेका छन्, ‘म राजा हुन जन्मिएको हैन र राजशी शैलीमा बाँच्ने मेरो कुनै चाह छैन ।’

उनले राज खानदान भनेर चिनिँदै आएपनि शाह वंश यो देशको साधु भएको तर्क गर्दै देशलाई एकतामा बाँध्न शाह वंशले यो देशमा जन्म लिएको बताएका छन् । पारस भन्छन्, ‘पछिल्लो समयमा राजसंस्थाप्रति अगाध आस्था राख्ने समूहले राजा पुनः आइदियोस्, पारस राजा होस् भन्ने चाहेका छन्, तर मेरो भनाई स्पष्ट छ, म राजा हुन जन्मेकै हैन । उनले आफू पछिल्लो समय ज्ञान र अध्ययनमा समय बिताइरहेको बताएका छन् । साथै, पारसले दरबार हत्याकाण्डमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।

Advertisement

Advertisement

Advertisement