कप्तानी त्यागेका पारस खड्कालाई अमेरिकाकी राजदूतको यस्तो सन्देश

Advertisement

काठमाडौं । पारस खड्काले राष्ट्रिय क्रिकेट टिमको कप्तानी त्यागेपछि धेरैले प्रतिक्रिया जनाइरहेका बेला नेपाल स्थित अमेरिकी राजदूत रान्डी बेरीले पनि पारसलाई बधाई तथा धन्यवाद एका छन् । उनले थ्यांक यु पारस ह्यास ट्यागका साथ आज ट्विट गरेका हुन् ।

साथै, अहिले सामाजिक सञ्जालमा ‘थ्यांक यु पारस’ ह्यास ट्याग ट्रेन्डिङ भइरहेको छ । यसैक्रममा
बेरीले लेखेका छन्, ‘नेपाली राष्ट्रिय क्रिकेट कप्तानका रुपमा शानदार पारखिका लागि म पारसलाई बधाई दिन चाहन्छु । उनको भावि योजना, एउटा खेलाडीका रुपमा समेत, का लागि शुभकामना छ ।’

बेरीले आफूलाई क्रिकेटको ज्ञान दिलाउन पारसले समय निकालेको भन्दै विशेष धन्यवाद दिएका छन् ।

Advertisement

Advertisement

Advertisement