इनरुवामा सवारी दुर्घटनामा एकको मृत्यु

Advertisement

इनरुवा । सुनसरीको धरान उपमहानगरपालिका तिनकुनेस्थित कोशी राजमार्गमा आज सवारी दुर्घटनामा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका १९ का ६१ वर्षीया कालीमाया राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

इटहरीबाट धरानतर्फ जाँदै गरेको को २१ प २३६१ नम्बरको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको को १ ख १९३० नम्बरको बसले पछाडिबाट ठक्कर दिँदा स्कुटर पछाडि सवार राईको घटनास्थलमै मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए ।

स्कुटर चालक उनको श्रीमान् जयबहादुर राई सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । स्कुटी, बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

Advertisement

Advertisement

Advertisement