मंसिर अन्तिम साता मन्त्री फेर्ने माधव नेपालको खुलासा, को को छन् मन्त्री बन्ने दौडमा ?

Advertisement

काठमाडौं । मंसिर अन्तिम साता मन्त्रिपरिषद हेरफेर हुने खुलासा भएको छ । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले मंसिर अन्तिम साता मन्त्रिपरिषद हेरफेर हुने खुलासा गरेका हुन् । ‘उप निर्वाचनपछि मन्त्रिपरिषद हेरफेर हुन्छ, निर्वाचन अघिको हेरफेरले प्रभाव पार्न सक्छ, पार्टीमा त्यहि ढंगले छलफल भैरहेको छ’, भृकुटीमण्डपमा आयोजीत नेकपाको चियापान समारोहमा बरिष्ठ नेता नेपालले भने ।

राष्ट्रपति विद्यादेवी भण्डारी विदेश भ्रमणबाट फर्केपछि मन्त्रिपरिषदमा हेरफेर गर्ने तयारी भैरहेको थियो । तर बरिष्ठ नेता नेपालले उप निर्वाचनलाई मध्य नजर गर्दै पछि सारिएको खुलासा गरेका हुन् । दुई तिहाई बहमुतको सरकारले पनि जन अपेक्षा अनुसार काम गर्न नसकेको निष्कर्षसहित कार्य सम्पादनमा कमजोर ठहरिएका मन्त्रीहरुलाई हटाउन पार्टी शिर्ष नेतृत्वमा सहमति जुटिसकेको छ ।  अब सम्बन्धीत क्षेत्रका जानकारहरुलाई नै मन्त्री बनाएर पठाउनेबारे पनि शिर्ष तहमा छलफल भैरहेको नेकपाका एक नेताले भने ।

पद मुक्त हुने मन्त्रिहरुको सूचिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठदेखि खानेपानी मन्त्री बिना मगर, कृषि मन्त्री बलदेब खनाल, खेलकुद मन्त्री जगत विश्वकर्मा, महिला, बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापा, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्याल, वन मन्त्री शक्ति बहादुर बस्नेत, उद्योग मन्त्री मात्रृका यादव लगायत छन् । सञ्चार मन्त्री गोकुल बास्कोटाको पद पनि खतराको सूचिमै रहेको नेकपा श्रोतले बतायो । ओलीको विश्वास पात्र भएकाले मात्रै उनको पद अहिलेसम्म जोगिएको छ । परफरमेन्सका आधारमा भने उनी पनि रेड जोनमै परेका छन् । गृहमन्त्री राम बहादर थापाको काममा सन्तुष्ठ हुने ठाउँ नदेखेको नेकपा नेतृत्वले उनलाई हटाउन पनि गाह्रो हुने निष्कर्ष पनि निकालेको श्रोत बताउँछ ।

उनीहरुलाई हटाएर मन्त्री बन्ने दौडमा यतिबेला नेकपाका दर्जनौं हस्तीहरु लागिपरेका छन् । त्यसमा भिम रावल, सुरेन्द्र पाण्डे देखि जनार्दन शर्मा, देवेन्द्र पौडेल, यज्ञराज सुनुवार, बिरोध खतिवडा, महेश बस्नेतसम्म छन् । त्यस्तै, कल्याणी खड्का, शान्ता चौधरी, पम्फा भुषाल पनि मन्त्री बन्ने दौडमा छन् ।

Advertisement

Advertisement

Advertisement