निक्षेप भन्दा कर्जा विस्तार तिब्र, चाडबाडबाट पनि पाएनन् बैंकहरुले राहत

Advertisement

काठमाडौं । २८ वटा बाणिज्य बैंकहरुले कर्जा विस्तारको रफ्तारलाई अझै तेज बनाउँदै लगेका छन् । बैंकहरुले पछिल्लो २२ दिनमा ३८ अर्ब निक्षेप बढाएर ४१ अर्ब कर्जा लगानी विस्तार गरेका छन् ।

बैंकहरुले २४ असोज अवधीमा २९ खर्ब २४ अर्ब निक्षेप संकलन गर्न सफल भएका छन् । जुन असोज २ गतेका दिन २८ खर्ब ८६ अर्ब थियो । बैंकहरुले सोही अवधीमा कर्जा लगानी भने ४१ अर्ब विस्तार गरेका छन् । असोज २ गते २५ खर्ब ६२ अर्ब कर्जा लगानी गरेका बैंकहरु असोज २४ गते आईपुग्दा २६ खर्ब ३ अर्ब कर्जा लगानी गर्न सफल भएका छन् ।

दशैं तिहार लगायतका चाडबाडलाई बैंक तथा वित्तिय संस्थाहरुले निक्षेप आकर्षित गर्ने राम्रो अवसरका रुपमा लिँदै आएका छन् । तर पनि बैंकहरु भने निक्षेप भन्दा कर्जा बढाउने अवस्थामा पुगेको देखिन्छ । अधिकांश बाणिज्य बैंकहरु सिडी रेसियो उच्चतम विन्दुमा पुगेका कारण थप कर्जा लगानी गर्नै नसक्ने अवस्थामा पुगिसकेका छन् ।

Advertisement

Advertisement

Advertisement