देउवा सभापतिमा फेरि लड्ने, भन्छन्– कार्यकर्ताले फेरि लड्नु भन्छन्

Advertisement

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभापतिमा फेरि चुनाव लड्ने बताएका छन् । नेकपाको चियापानका क्रममा बुधबार देउवाले सभापतिमा फेरि उम्मेद्धवारी दिने तयारीमा आफू जुटेको बताए ।

देउवाले भने, ‘पार्टीको आगामी महाधिवेशनमा म सभापतिमा उम्मेद्धवारी दिन्छु । कार्यकर्ताको पनि यही माग छ । म ब्याक हुँदिन् ।’ स्थानीयदेखि केन्द्रीय निर्वाचनमा लज्जास्पद हारको प्रमुख कारण देउवा भएकाले उनले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग उठिरहेको बेला उनले कार्यकर्ताको चाहनाअनुसार आफू फेरि चुनाव लड्ने बताएका हुन् ।

Advertisement

Advertisement

Advertisement