सुनको मूल्य स्थिर, चाँदीको भाउ घट्यो

Advertisement

काठमाडौं । साताको पाँचौँ दिन आज बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबार ७० हजार छ सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज स्थिर रहेर प्रतितोला ७० हजार छ सय रुपियाँ नै कायम भएको हो ।

आज महासंघले तेजाबी सुन प्रतितोला ७० हजार तीन सय रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ५३० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६० हजार २७५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य घटेर ८५० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७२४ रुपियाँ ५० पैसा कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement