एनआईसी एशियाका ग्राहकले थाइल्याण्डको समितिभेज हस्पिटलमा ५ प्रतिशत छुट पाउने

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंक र समितिभेज हस्पिटल, थाइल्याण्डबीच बैंकका भीषा अन्तर्राष्ट्रिय डलर कार्ड प्रयोगकर्तालाई समितिभेज हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधामा ५ प्रतिशत छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ विभागका प्रमुख प्रवीण रेग्मी र समितिभेज हस्पिटलको नेपालस्थित प्रतिनिधि कार्यालय स्पिडवे फ्रेईट सर्भिसेस प्रालिको तर्फबाट कार्यकारी निर्देशक राजु श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

Advertisement

Advertisement

Advertisement