भीभोको ‘भी १७प्रो’ सार्वजनिक, बजार मूल्य रु. ५२,४९०

Advertisement

काठमाडौं । मोवाइल फोन ब्राण्ड भिभोले भी सिरिजको स्मार्टफोन पोर्टफोलियोमा नयाँ डिभाइस ‘भी १७प्रो’ सार्वजनिक गरेको छ । डिभाइसमा क्वाड रियल क्यामरा सेटअपका साथ विश्वको पहिलो ३२ मेगाफिक्सेल ड्युल पप–अप सेल्फी क्यामरा राखिएको यो फोनको बजार मूल्य ५२ हजार ४९० कायम गरिएको छ ।

यो डिभाइस ८ जीवी र्याम्प र १२८ जीवी आन्तरिक स्टोरेज अप्शनका साथ क्रिष्टल ब्ल्याक, क्रिष्टल ह्वाइट, ह्वाइट कलर अप्शनमा उपलब्ध छ । भी १७प्रो स्मार्टफोन असोज ३० देखि नेपाली अनलाइन च्यानलहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । भीभो नेपालका ब्राण्ड म्यानेजर पेङ्दाले भी सेरिज पोर्टफोलियोमा भी १७प्रोलाई जोड्न पाउँदा आफूहरुलाई खुशी लागेको बताए ।

यसमा रहेको ड्युल पप अप फ्रन्ट क्यामराबाट कम उज्यालोमा पनि सजिलै सेल्फी खिच्न सकिन्छ भने ४८ मेगाफिक्सेल एआई क्वाड मुख्य क्यामराले डिटेल क्याप्टर गर्न सक्छ । एआई प्रविधियुक्त चार वटा फ्रन्ट क्यामराले सबै बस्तु खिच्न सक्छ ।

Advertisement

Advertisement

Advertisement