स्मार्ट कार्ड नेपाललाई राष्ट्र बैंकले दियो भुक्तानी सेवा प्रदायकको अनुमति

Advertisement

काठमाडौं । स्मार्ट कार्ड नेपाल प्रालिले भुक्तानी तथा बचत सेवा प्रदायकको अनुमति पाएको छ । राष्ट्र बैंकको असोज २७ गतेको निर्णय अनुसार स्मार्ट कार्ड नेपालले अनुमति प्राप्त गरेको हो ।

२०७१ सालमा स्थापना भएको उक्त कम्पनीले यअसघि बचत गेटवेको काम गर्दै आएको थियो। कम्पनीले अत्याधुनिक प्रविधियुक्त प्रिपेड स्क्र्याच कार्ड र डिजिटल बालेटको माध्यमबाट नेपालको वित्तीय क्षेत्रमा सेवा प्रवाह गर्ने जनाएको छ । कम्पनीको आफ्नै प्रिपेड स्क्र्याच कार्ड मार्फत नेपालका सबै बैंक तथा वित्तीय संस्थाको खातामा तुरुन्तै रकम जम्मा गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले आफ्नो सेवा प्रवाहको लागि वेब एप्लीकेशन र मोबाइल एप्लीकेशन उपलब्ध गराएको छ । कम्पनीले नगदरहित कारोबार र बचतको सहजताका लागि कम्पनीले आधुनिक सेवा ल्याउँदै जाने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement