अब डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिन पनि नेपाल भ्रमणमा आउँछन्ः सरकार

Advertisement

काठमाडौं । सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रसियन राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमण गराउने तयारी थालेको छ । सरकारका प्रवक्ता गोकुल बास्कोटाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रसियन राष्टट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमण गराउने तयारी अघि बढेको बताएका हुन् । उनले नेपालको कुटनीतिक उपस्थितीतिलाई विश्भर फैलाउने ठुला देशका सरकार तथा राष्ट्र प्रमुखहरुलाई नेपाल भ्रमण गराउने तयारीमा सरकार जुटेको बताएका हुन् ।

मन्त्री बास्कोटाका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले समेत संसारका ठुला देशहरुको भ्रमण गरेर नेपालको उपस्थितीलाई बलियो बनाउने क्रम आरम्भ गरिसकेको समेत बताए । राष्ट्रपति भण्डारीको म्यानमार भ्रमण तथा प्रधानमन्त्री केपी ओलीको आसन्न इक्वेडर भ्रमण पनि त्यसकै एउटा अध्याय भएको पनि बताए ।

मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री बास्कोटाले सो कुराको खुलासा गरेका हुन् । उनले कुन मितिमा भ्रमण गराउने तयारी भएको हो भन्नेबारे भने अहिले खुलासा गर्र्न नमिल्ने समेत बताए ।

Advertisement

Advertisement

Advertisement