प्रदेश ३ को राजधानी नुवाकोटलाई नै बनाउनुपर्ने लोहनीको अडान, यस्ता छन् उनका तर्क

Advertisement

काठमाडौं । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले प्रदेश ३ को राजधानी नुवाकोटलाई नै बनाउनुपर्ने तर्क अघि सारेका छन् । सामाजिक सञ्जालमार्फत उनले नुवाकोटलाई प्रदेश राजधानी बनाउनुपर्ने कारणहरु पनि प्रस्तुत गरेका छन् ।

प्रदेश ३ को राजधानी हेटौडा, चितवन, भक्तपुर, काभ्रेलाई बनाउनुपर्ने आवाजहरु आइरहेको बेला लोहनीलाई नुवाकोटलाई बनाउनुपर्ने तर्क अघि सारेका हुन् । उनका अनुसार नुवाकोटमा यातायात सुविधा रहेको, टोखादेखि सदरमुकाम बिदुरसम्मम दुई तीन वर्षाभित्र सुरुङ मार्ग बनेपछि काठमाडौँबाट ४५ मिनेटमा पुग्न सकिने, सदरमुका विदुर पृथ्वी राजमार्गसँग २० किलोमिटर दुरीमा गल्छीमा जोडिएको, नेपाल र चीनबीचको व्यापारको मुख्य नाका रसुवागढी जाने मूल बाटो पनि नुवाकोट भएको (जुन नयाँ सुरुङ मार्गको रुपमा निर्माण पनि हुनेछ)ले नुवाकोटलाई राजधानी बनाउनु उपयुक्त हुन्छ ।

साथै, लोहनीले प्रदेश राजधानी बनाउन नुवाकोटमा पानीको कमि नरहेको (त्रिशुली नदि बिदुरबाट बग्छ), राजधानी बनाउन विदुरमा ठूलो समथर जमिन रहेकोले आउँदा दिनमा शहर विस्तार गर्न समथल जमिनको कमि नहुने, चीन निर्यात गर्ने समान उत्पादन गर्न विशेष आर्थिक क्षेत्र निर्माण गर्नको लागि चाहिने पानी , बिजुली, राष्ट्रिय र अन्तराष्ट्रिय राजमार्ग नुवाकोटमा उपलब्ध रहेको बताएका छन् ।

उनले नुवाकोट खद्यान्न निर्यात गर्ने जिल्ला भएकोले आउँदा दिनमा चीनसँग जोड्ने सुरुङमार्ग बनेपछि प्रमुख राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारसँग यातातातको सुविधा अझ व्यापक र सस्तो हुने भन्दै नुवाकोट देशको पहाडी छेत्रको मूल उद्योगिक थलो हुनसक्ने तर्क गरेका छन् । लोहनीले यही कारण आफू देविघट(रातमाटे क्षेत्रमा विशेष आर्थिक क्षेत्र निर्माण गर्न आफू २०६० सालमा अर्थमन्त्री हुँदा बजेटमा घोषणा गरेको बताएका छन् ।

साथै, उनले नुवाकोट प्रदेश ३ को केन्द्रमा पर्ने भएकाले पनि यसैलाई राजधानी बनाउनुपर्ने कुरामा जोड दिएका छन् । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भने हेटौंडालाई नै राजधानी बनाउने भन्दै बोल्दै आएका छन् ।

Advertisement

Advertisement

Advertisement