एनआईशी एशियाका ग्राहकले वर्ल्डलिंकको बिल तिर्दा १० प्रतिशतसम्म छुट पाउने

Advertisement

काठमाडौं । एनआईशी एशियाबाट बैंकबाट वल्र्डलिंकको इन्टरनेट तिर्दा १० प्रतिशतसम्म सस्तो गर्ने भएको छ । एनआईशी एशिया बैंक र वल्र्डलिंक कम्युनिकेसनबीच भएको सहमति अनुसार एनआईशी एशिया बैंकको डेबिटकार्ड, क्रेडिटकार्ड, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ प्रयोग गरी त्यस्तो भुक्तानी गर्दा त्यस्तो छुट प्राप्त गर्नेछन् । यो योजना असोन ३० गते सुरु भई कात्तिक १६ गते छठ पर्वसम्म कायम रहेने समेत जनाइएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र वल्र्ड लिङ्कको तर्फबाट वल्र्डलिङ्कका प्रमुख वित्त अधिकृत संजय कुमार साहले हस्ताक्षर गरेका थिए ।

Advertisement

Advertisement

Advertisement