विदेश पढ्न जाने विद्यार्थीलाई थप सुविधा, अब अनलाइनबाटै एनओसी

Advertisement

काठमाडौं । अब विद्यार्थीहरुले नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) अनलाईनबाट नै पाउने भएका छन् । हरेक वर्ष विदेश पढ्न जाने विद्यार्थीको संख्या बढ्दै गएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइन माध्यमबाट अनुमतिपत्र दिने तयारी गरेको हो ।

आउँदो मंसिर पहिलो सातादेखि अनलाइनबाट वैदेशिक अध्ययन अनुमतिपत्र दिइने मन्त्रालयका उच्च शिक्षा महाशाखाले जनाएको छ । एनओसी लिनाको लागि विद्यार्थीहरुले मन्त्रालयको एनओसी शाखामा लाइन लाग्नु पर्ने र यो सर्टिफिकेट लिने विद्यार्थीको संख्या बढ्दै गर्दा समस्या भएको कारण मन्त्रालयले अनलाइन अनुमतिपत्र दिन लागेको उच्चशिक्षा महाशाखाले जनाएको छ ।

अनलाइन मार्फत शुल्क बुझाएको बैंक भौचर, आवेदन, शैक्षिक प्रमाणपत्र, अफर लेटरसहितका आवश्यक कागजात विद्यार्थीले अनलाइनबाटै शाखामा पठाउनुपर्नेछ । अहिले एनओसी लिन मन्त्रालयको एनओसी शाखामा लाइन लाग्नुपर्ने बाध्यता रहेको छ ।

Advertisement

Advertisement

Advertisement