पारस खड्काले गरे ‘टिभिएस सुपर एक्स्चेन्ज फाइनान्स फेयर’को उद्घाटन

Advertisement

काठमाडौं । भृकुटीमण्डपमा ‘टीभीएस एक्सचेञ्ज एण्ड फाइनान्स फेयर’ आजदेखि सुरु भएको छ। नेपालको लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले आयोजना गरेको मेलाको उद्घाटन नेपाली क्रिकेट टोलीका निवर्तमान कप्तान पारस खड्काले गरेका हुन्।

मेला उद्घाटन गर्दै खड्काले नेपालको क्रिकेट क्षेत्रमा टीभीएसले गरेको सहयोगप्रति खुसी व्यक्त गरे। उनले भने, ‘निजी क्षेत्रले क्रिकेटलाई महत्व नदिएको अवस्थामा लामो समयदेखि टीभीएसले खेलाडीलाई सहयोग गरी उत्साह थपेको छ।

कात्तिक ५ गतेसम्म चल्ने मेलामा ३० प्रतिशत डाउन पेमेन्ट र मोटरसाइकल साटफेर गर्दा थप १० हजार मूल्यांकन हुने विशेष सुविधा रहेको छ। जगदम्बा मोटर्सका मार्केटिङ म्यानेजर नवराज कोइरालाले भने, ‘फेयरको मुख्य आकर्षणको रुपमा ३० प्रतिशतको डाउन पेमेन्टको व्यवस्था र पुराना बाइकको एक्सचेञ्जमा थप १० हजार मूल्याङ्कन हुनेछ।’

मेलामा कुनै पनि पुरानो मोटरसाइकल वा स्कुटरको बदलमा टीभीएसको नयाँ मोटरसाइकल वा स्कुटर साट्न सकिने कम्पनीले बताएको छ ।

Advertisement

Advertisement

Advertisement