जावलाखेल मैदानमा पुष्पमेला सुरु, कात्तिक ४ सम्म चल्ने

Advertisement

काठमाडौँ । फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान)को आयोजनामा शुक्रबारदेखि ललितपुरमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी शुरु भएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ शुरु भएको सो प्रदर्शनीको कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले उद्घाटन गरे ।

मन्त्री खनालले फूलखेतीबाट किसानको जीवनस्तरमा परिर्वतन ल्याउन सकिने विश्वास व्यक्त गरे । जावलाखेलको खेल मैदानमा आयोजित १३औँ पुष्प प्रदर्शनीमा व्यावसायिक ४४, सूचनामूलक चार र गोदावरी फूलका प्रतिस्पर्धात्मक प्रदर्शनी एकसहित कूल ४९ कक्ष रहेका छन् । मेला संयोजक तथा फ्यानका उपाध्यक्ष शिवबहादुर खड्काले मेलामा ३५ हजारले अवलोकन गर्ने र करीब रु ५० लाख बराबरको आर्थिक कारोवार हुने अपेक्षा रहेको जानकारी दिए ।

यसवर्षको मेलामा विभिन्न मुलुकबाट माउबोटका रूपमा आयात गरी उत्पादन विस्तार गरिएका करीब १६ नयाँ प्रजातिका गोदावरी फूलसमेत प्रदर्शनीमा राखिएको छ । मेला कात्तिक ४ गतेसम्म सञ्चालन हुनेछ । फ्यानले उत्कृष्ट नर्सरीलाई पुरस्कृत गरेको छ । प्रदर्शनीमा सम्झना नर्सरी पहिलो, टीपीआर मितेरी नर्सरी दोस्रो र टीटीआर बङ्गलामुखी नर्सरी तेस्रो भएका छन् । त्यस्तै, मिनियचरतर्फ अजिमा नर्सरी र कट फ्लावरतर्फ सिर्जना ‘कट फ्लावर’ नर्सरी पुरस्कृत भएका छन् । पूmलखेती व्यावसायिक ढङ्गले शुरुआत भएको २५ वर्ष पुगेको छ ।

नेपालमा २०११ बाट नेपाल प्राइभेट नर्सरीको स्थापनासँगै सामान्यस्तरमा शुरु भएको पूmल व्यवसाय आव २०७५÷७६ सम्म आइपुग्दा ४३ जिल्लामा विस्तार भएको छ । करीब ८०० पूmल व्यवसायी अगाडि बढेका छन् । लगभग तीन हजार १४० रोपनीमा पुष्पखेती भएको छ भने ४३ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

Advertisement

Advertisement

Advertisement